२६ भाद्र २०७८, शनिबार

काठमाडौं । प्रतिनिधिसभा एवं राष्ट्रिय सभाले २०७० सालको संविधानसभा सदस्य एवं सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।

२०७८ साल भदौ २ गते बुधबारका दिन निधन हुनु भएका शेरचन २०७० सालमा नेकपा एमालेको तर्फबाट मुस्ताङ जिल्लाबाट संविधान सभा सदस्य हुनुहुन्थ्यो ।

दुबै सदनले स्वर्गीय शेरचनप्रति हार्दिक श्रद्धञ्जली अर्पण गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

सञ्चार उद्यमी शेरचनले लामो समयदेखि राजधानी दैनिक प्रकाशन गर्दै आउनु भएको थियो । यस अलावा नेकपा एमालेको तर्फबाट मुस्ताङ जिल्लाको विकासमा पनि पर्याप्त योगदान दिनु भएका शेरचनलाई ‘साधा जीवन उच्च विचारका’ हिमायतीकोरुपमा पनि लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV