२६ भाद्र २०७८, शनिबार

काठमाडौं । लोकसेवा आयोगको हाकिम भनेर लाखौँ रकम असुल्ने नक्कली हाकिम प्रहरीको फन्दामा परको छन् । उनले सोझा युवा युवतीलाई सरकारी जागिर लगाइदिने आश्वासन देखाएर ठगी धन्दा चलाउँदै आएका थिए ।

यसरी ठगी धन्दा चलाउँदै आएका लोकसेवा आयोगका नक्कली हाकिम हुन्अ, मरबहादुर लामिछाने । उनले सोझा सिधा युवा युवतीलाई आफ्नो नाम कुमार थापा मगर बताउँदै ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ ।

महोत्तरी पशुपतिनगर ४ घर भई सुनसरी धरान उपमहानगरपालिका ५ मा डेरा लिई बस्ने ५२ वर्षीय लामिछानेविरुद्ध एक पीडितले किटानी जाहेरी दिएका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी उनी बहुरुपी ठग भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

उनीविरुद्धको जाहेरीमा लोकसेवा आयोगमा जागिर लगाउने प्रलोभन दिएर रकम ठगी गरेको आरोप लगाइएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार लामिछानेले रकम लिएर लोकसेवा आयोगको प्रवेशपत्र वितरण गर्नुका साथै लाखौं रकम लिएर लेनदेनको कागज बनाई रकम असुल्ने गरेका थिए ।

प्रहरीले उनको डेरामा छापा मार्दा सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप,लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ, गोप्य लेखेको छाप, जिबछ लामिछाने, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ, प्रहरी निरीक्षक, उपसचिव र राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप एक एक थान फेला परेको छ भने लोकसेवा आयोग कार्यालय धनकुटाको डिजिटल छाप र शाखा अधिकृत लेखेको छापसहित छाप अनुरुपका लेटरप्याड पनि बरामद गरेको छ ।

र, यी सबै छाप र लेटर प्याडको आधारमा लामिछाने बहुरुपी ठगका रुपमा क्रियाशील रहेको अनुमान प्रहरीको छ । पक्राउ परेका लामिछानेविरुद्ध सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV