२६ भाद्र २०७८, शनिबार

काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी विशेषगरी हिन्दू नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी मनाने गर्छन् ।

यसपालीकाे ऋषिपञ्चमी आज परेकाे छ । बिहानैदेखि व्रतालु महिलाहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरी पूजा-आराधनामा लीन छन् ।

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको पाइन्छ ।  रजस्वलाका समयमा छाई-छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस ‘पाप’बाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

 काठमाडौंको बाँसबारी (सल्लाघारी) मा रहेको सप्तर्षि मन्दिरमा बिहानैदेखि श्रद्धालु/व्रतालु महिलाहरूकाे घुइँचाे लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV