२६ भाद्र २०७८, शनिबार

काठमाडौँ । डाबर नेपालका पूर्व प्रबन्ध निर्देशक एवं व्यवसायी रूक्म शमशेर राणाको निधन भएको छ । शनिबार बिहान काठमाडौँको बत्तिसपुतलीस्थित उनको आफ्नै निवासमा  ८६ वर्षको उमेरमा निधन भएको हो ।

भारतको बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याउन उनको योगदान महत्वपूर्ण मानिन्छ । डाबर नेपाल अहिले लोकप्रिय र स्थापित ब्रान्ड भइसकेको छ ।

सन् १९३६ मा जन्मिएका राणा केही वर्षदेखि मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित थिए ।

सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत समेत भएका उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरका कान्छा छोरा हुन् । विगतमा उनले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव भएर समेत काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV