२५ भाद्र २०७८, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास थिइन् । भेटमा एमसिसीबारे आ-आफ्नो धारण राखेको बालुवाटार स्रोतले बताएको छ ।

भेटबारे ट्विटरमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

देउवाले लेखेका छन् “आज एमसीसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो,” उनले लेखेका छन्,”हामीले नेपाल-अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आ-आफ्नो विचार राख्यौं।”

प्रतिक्रिया दिनुहोस्

LIVE TV