२५ भाद्र २०७८, शुक्रबार

मुगु । मुगुमा सामाजिक सुरक्षा भत्ता अनियमितताबाट २ करोड ७५ लाख रकम जोगिएको छ । नेपाल सरकारले उपलब्ध गराउदै आइरहेको सामाजिक सुरक्षा भत्ताबाट आर्थिक वर्ष ०७७/०७८मा मुगुमा सो रकम राज्य कोषमा रकम बचेको हो ।

सरकारले ६० बर्ष देखी माथिका वृद्धवृद्धा, ५ बर्ष मुनिका बालबालीकाहरुलाई प्रोत्सान भत्ता, अपाङ्गता ,पूर्ण अपाङ्गता भएका, एकल महिलाहरुलाई उपलब्ध गराउदै आएको रकमबाट २ करोड ७५ लाख भन्दा बढी बचेको हो ।

जिल्लाका छाँयानाथ रारा नगरपालिका, मुगमकामारोङ्ग गाँउपालिका ,खत्याड गाँउपालिकाले आ.व ०७६।०७७ सामाजिक सुररुक्षा भत्ता एक आवको स्थानिय तह एक नगरपालिका र तिन गाँउपालिकाले २५ करोड ६लाख ४७हजार ४ सय ६०रुपैया काष तथा लेखा नियन्त्रण कार्यालय मुगु बाट निकासा लिई वितरण अभिलेखमा भेटिएको छ ।

आव ०७७/०७८मा २२करोड ३१लाख ७८हजार २ सय ८२ रुपैया निकासा भै सामाजिक सुरक्षा भत्ता बितरण गरीएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

बिगतमा सामाजिक सुरक्षा ब्यवस्थापन प्रणाली नभएर स्थानीय तहरुको माग र विवरणका आधारमा सामाजिक सुरक्षा रकम निकासा गर्ने भरपाईको आधार फ्चुट् गरिएको थियो । यो वर्ष बैंक प्रणालीबाट अनिवार्य सामाजिक सुरक्षा वितरण गर्न लगाउदा बंैकको नियम र सरकारको मापदण्ड अनुसारका ब्यक्तिहरुले सामाजिक सुरक्षा पाउदा यो ०७७/०७८ को अनियमितताबाट रोकिएको र राज्यकोषको लगानी खेर नगएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लक्ष्मी चन्द्र हमालले बताएका छन ।

पछिल्ला आवहरुमा सरकारले सामाजिक सुरक्षा ब्यवस्थापन प्रणालीको र बैक मार्फत सामाजिक सुरक्षा दिने नीतिले उमेर पुगेका र मृत्यु भएका नागरिकहरुको लगत समयमा काटिएका कारण सो रकम बचेको छायानाथ रारा नगरपालिकाका एमआईएस शाखाका प्रमुख शिवचन्द्र कार्कीले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV