२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । वाईसीएल नेपालले देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक बनाएर एमसीसीलगायत कुनै पनि अनुदान स्वीकार गर्न नहुने जनाएको छ ।

प्रथम पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै वाईसीएलले एमसीसी लगाएतका कुनैपनि सहयोग अनुदानहरु देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्वीकार गर्न नसकिने जनाएको हो ।

नेपालको संविधानसंग बाझिएका एमसीसीका बुँदाहरु नसच्चाई पारित नगर्न पनि वाईसीएलले सरकारलाई चुनौती दिएको छ । बैठकले भारतसँगका सम्पूर्ण सीमा विवाद तुरुन्त समाधान गर्न सरकारसँग माग गरेको वाईसीएलका संयोजक सुमन देवकोटाले बताए ।

उनले बन्द रहेका राष्ट्रिय उद्योग तथा प्रतिष्ठानहरु तुरुन्त सञ्चालन गरि युवा रोजगारसिर्जना गर्न पनि सरकारसंग माग गरेको गरे । त्यस्तै सम्पूर्ण उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले जानकारी दिए ।

त्यस्तै संगठनले कोभिड महामारकाबीच सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानविन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि माग गरेको छ । त्यस्तै जनयुद्ध, जनआन्दोलन तथा बिभिन्न राजनैतिक आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारलाई राज्यद्वारा दिइने सेवा सुविधा सहज रुपमा प्रदान गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV