२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तारका बिषयमा छलफल भइरहेको भन्दै छिटै विस्तार हुने बताएका हुन् ।

यादवले गठबन्धनबीच मन्त्रालयको भागबण्डा नै मिलाउन बाँकी रहेको जानकारी दिए । त्यस्तै उनले एमसीसीलाई राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकुल अघि बढाउनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV