२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाल भ्रमणमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमार नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेको छ ।

सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष सुमारले एमसीसी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत पूर्वाधार निर्माणका लागि एमसीसीबाट अनुदानस्वरुप सहयोग हुने उनले बताइन् ।

त्यस्तै मन्त्री भुसालले राजनीतिक सहमतिका आधारमा नै एमसीसीका बारेमा निर्णय हुने बताएकी थिइन् । विहीबार नेपाल आएको टोलीले बिभिन्न दलका शिर्ष नेतासंग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV