२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दैं अध्यक्ष लोहनीले एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानबारे स्पष्ट हुनुपर्ने भएकाले नेपाल सरकारले ‘लेटर अफ एक्सचेन्ज’ गर्नुपर्ने पनि सुझाव दिए ।

त्यस्तै उनले नेपाल शक्ति राष्ट्रहरुको बीचमा रहेकोले विशेष सावधानी अपनाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले ‘सम्झौताको कार्यान्वयनको क्रममा अमेरिकाको वर्तमान कानून र भविष्यमा बन्ने अमेरिकाको कानून पनि लागू हुनेछ’ भनिएकोमा आपत्ती जनाए ।

एमसीसी नेपालले काम गर्दापनि एमसीसीको स्विकृति लिनुपर्ने प्रावधान राखिएको पनि उहाले जानकारी दिनुभयो । लोहनीले नेपालले शान्त कुटनीति अपनाएर अमेरिकाको पनि विश्वास लिएर एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।

फरक प्रसंगमा उनले आफ्नो पार्टी अब महाधिवेशनको तयारीमा जुटेको जानकारी दिए । आफूहरुले मुलुकमा संवैधानिक राजसंस्था आवश्यकत्ता रहेको कुरा उठाउँदै आएको पनि लोहनीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV