२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका छन् । वडाध्यक्ष डंगोलले शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यकक्षको ढोकामा लात्ती हानेर तोडफोड गरेका हुन् ।

वडाध्यक्ष डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै महानगरपालिकाको कार्यालयमा लात्ती हानेको बताएका छन् । उनको लात्ताले आल्मुनियमको ढोकाको कब्जा फुस्किएको छ । साथै, अन्य भौतिक क्षति पनि पुगेको बताइएको छ ।

कार्यालयको ढोकामा लात्ता हान्नुको कारण के ?
दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि आफूले सहेर बसेका वडाध्यक्ष डंगोलले दुई महिनाअघि महानगरसँग माग गरेअनुसार एक जना इन्जिनियर पाएका थिए । तर, अहिले उनले थाहै नपाई त्यस इन्जिनियरको पनि सरुवा गरिएपछि उनी महानगर गएर त्यसबारे गुनासो पोखे । तर, उनको गुनासोबारे ‘माथिको आदेशबमोजिक सरुवा’ भन्ने सुनेपछि उनले सहन सकनेनन् र महानगरको कार्यालयमा गएर लात्ताले ढोकामा हाने ।

अध्यक्ष डंगोलले वडामा इन्जिनियर नहुँदा काम गर्न सास्ती भएको र दुई महिनाअघि आएको इन्जिनियरको सरुवा हुनु वडाबासीमाथि घात भएको भन्दै उनले अन्याय भएको बताएका छन् । उनले वडामा गएर ढोकामा लात हानेर फर्किएको स्वीकारेका छन् ।

वडाध्यक्षले महानगरको ढोकाको कब्जा फुस्काएर अन्य भौतिक क्षति पुर्याएपछि मेयर विद्यासुन्दर शाक्यले उक्त घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउन मेयर शाक्यले निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV