२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सि जिनपिङबीच सात महिनापछि पहिलोपटक टेलिफोन संवाद भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार बाइडेन र सि जिनपिङबीच एकापसको प्रतिस्पर्धा युद्धमा परिणत नहोस् भन्ने विषयमा संवाद भएको थियो ।

वार्तामा दुवैको स्वार्थ मिल्ने क्षेत्रमा व्यापक, रणनीतिक चर्चा भएको उल्लेख जनाइएको छ ।

जो बाइडन अमेरिकाको राष्ट्रपति बनेपछि उनले दोस्रोपटक चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका हुन् ।

‘यो छलफल राष्ट्रपति बाइडनले स्पष्ट पारेअनुसार अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग थियो,’ विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ।

‘दुई नेताहरूले प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्न दुवै देशको उत्तरदायित्वबारे छलफल गरे।’

केही महिनाअघि बाइडन सरकार र चीनबीच भएको उच्चस्तरीय वार्तामा तनाव उत्पन्न भएको थियो। दुवै पक्षका अधिकारीहरूले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV