२५ भाद्र २०७८, शुक्रबार

भक्तपुर । आज भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात गणेशजीको जन्मोत्सवको उपलक्षमा पहिलो पटक सुर्यविनायक गणेश (ईनारे गणेद्यो)को भव्यरुपमा खट जात्रा गरि मनाइँदै छ ।

यो गणेशलाई उपत्यकाको चार गणेश मध्यको जेठो गणेशको रुपमा मान्दै आएको छ । सुर्यविनायक क्षेत्र संरक्षण समिति र सुर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा खट जात्रा गरेको हो ।

सुर्यविनायक नगरपालिका वडा ६ र वडा नं. ८को सिमानामा अवस्थित सुर्यविनायक गणेशको खट जात्राको लागि दुवै वडाबाट रु दुई लाख सहयोग गरेको वडा नं.८का वडाअध्यक्ष तथा सुर्यविनायक क्षेत्र प्रवन्ध समितिका अध्यक्ष किरण थापाले बताउनु भयो ।

यो बर्षबाट शुरु गरेको खट जात्रा अव प्रत्येक बर्ष गणेश चतुर्थीको दिनमा भव्यरुपमा खटजात्रा गर्दै जाने र यसलाई निरन्तरता दिनको लागि चाहिने सहयोग गर्दै जाने पनि अध्यक्ष थापाले बताउनु भयो ।

खटजात्रामा मन्दिरबाट गणेशको मूर्ति खटमा राखेर सिन्दुर जात्रा गर्दै मन्दिरको पूर्व तर्फ गहनादेवी (चालिसे गाँऊ) मन्दिर सम्म, पश्चिम तर्फ राजथला टोल सम्म र उत्तर तर्फ सुर्यविनायक चोक (अरनिको राजमार्ग) सम्म ल्याएको थियो । अर्को बर्ष देखि दुईवटै वडाको बिभिन्न टोलहरुमा जात्रा गर्ने सुर्यविनायक क्षेत्र संरक्षण समितिका संयोजक राजथलाले बताउँनु भयो ।

बर्षमा एक पटक मात्र बैषाख ५ गते (द्योःस्वगं बिएगु दिनमा भक्तपुर नगरपालिकाको तालाको टोलमा पूजाको राखिने गरिन्छ ।) मन्दिरबाट निकालिने गणेशलाई यो बर्ष देखि प्रत्येक गणेश चतुर्थिका दिनमा पनि भव्यरुपमा खटजात्रा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV