२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख नेताहरुको बैठक शुक्रबार बिहान बस्ने भएको छ । एमसीसी र मन्त्रिमण्डलको पूर्णताबारे छलफल गर्न बैठक अहिले ९ बजे बस्ने तय भएको हो।

एमसीसी सम्झौता कार्यन्वयनबारे दलहरुबीच समझदारी हुन सकेको छैन। नेपालमा एमसीसी अनुमोदनको अवस्थाबारे बुझ्न एमसीसीकै उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल भ्रमणमा आएको छ ।

यता शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाएको छैन। सत्ता साझेदार दलहरुबीच सहमति नजुट्दा मन्त्रिपरिषद बिस्तार गर्न प्रधानमन्त्री देउवालाई सकस परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV