२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । एमसीसी अनुदान हो अनुदानमा विवाद किन भन्ने प्रश्न गर्दै मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोली चार दिने नेपाल भ्रमणमा छ । भ्रमण सुरु भएपछि नेपाली पक्ष भने गम्भीर समीक्षामा डुबेको छ । यतिखेर समीक्षा डुब्ने समय हो या होइन,त्यसबारे पछि समीक्षा पछि होला नै । तर सुमार काठमाडौंमा उत्रनु अघिदेखि उठेका विरोधका आवाजहरु झनै चर्को बनेको छ ।

काठमाडौँको सुरक्षा व्यवस्था फरक छ यतिखेर । वर्षौं अघिदेखि बहसमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको बारेमा नेपाल अहिले निर्णायक मोडमा उभिएको छ । केही न केही जवाफ दिनु पर्ने अवस्थामा उभिएको यसपटक एमसीसी टोलीलाई कसरी फर्काउने हो सिंगो मुलुक त्यसप्रति सचेत छ ।

गरीब मुलुकहरुका लागि बिभिन्न निकायले दिएको अनुदान कम भयो भन्ने आवाज उठिरहेको समयमा स्थापना भएको एमसीसीलाई केहीले नेपाल जस्तो गरीब राष्ट्रका लागि बरदान भनेर व्याख्या गर्न थालेका छन् । तर बरदान होइन वरवादी हो भन्ने पनि कम छैनन् । अझ यो अमेरिका भन्दा नेपालको नै चाहना र प्रस्तावमा नेपाल ल्याउन लागिएको तर्क पनि उठन थालेका छन् । तर नेपालमा रहेको युुरेनियमको अथाह क्षमताप्रति रुसदेखि अमेरिका हुँदै विश्व समुदायले देखाएको चासोलाई जोडेर विश्लेषण गर्नेहरु पनि धेरै छन् ।

यद्यपि सरकार र यसबारेका जानकारहरुले एमसीसीबारे प्रष्ट पार्न नसक्दा अन्यौल मात्र नभई विरोध नै बढिरहेको बखतमा यो सम्झौतामा उल्लेखित केही बुँदाहरु वास्तवमा नै विवादास्दपद देखिएका छन् । सरकार र एमसीसीबीचको प्रश्न र उत्तरको जुहारी सार्वजनिक भइसक्दा पनि यसबारे अध्ययन गरेका संघीय संसदका अगुवा सांसदहरुले नै अझै आफुहरु भ्रममा रहेको बताएपछि नेपाली समाज झनै सशंकित भएको छ । तर एमसीसी उपाध्यक्ष सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले काठमाडौै उत्रे लगत्तै आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग भेट गरेका छन् । बाँकी दलका नेता एवं प्रधानमन्त्रीलाई भोलि शुक्रबार भेट्ने कार्यक्रम रहेको छ । भेटघाटको यो क्रमले आगामी चार दिनसम्म निरन्तरता पाउने छ । यी भेटले लामो समयदेखि अन्यौलमा रहेको एउटा विषयलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारेमा लगभग टुंगो लगाउने छ ।

नेपालको युरेनियम खानीप्रति महाशक्तिहरुको लोभ !

नेपालको नवलपरासीदेखि मुस्ताङ र मनाङसम्म रहेको अथाह युरेनियम खानीप्रति विश्वका शक्ति मुलुकहरु लालायित छन् । नेपाललाई हातमा लिन सके यहाँको यो शक्तिलाई आफ्नो देशमा लैजान सकिनेमा धेरै शक्ति मुलुक विश्वस्त पनि छन् । गत वर्षको पुषमा नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्न खोजेको विषय पनि यही युरेनियमसंग जोडिएर चर्चा गरिएको थियो । तर त्यो चर्चा चर्चा भन्दा माथि उठ्न सकेन । तर अहिले त्यही चर्चा अमेरिका र एमसीसीसंग जोडिएर गर्न थालिएको छ । यो चर्चा सत्यमा आधारित हो या हल्ला मात्र त्यस्को निक्र्यौल हुन बाँकी छ । तर हल्ला त्यसै चल्दैन यो पनि सत्य हो ।

ओलीको बोली- ‘पहिला सत्तापक्षले धारणा बनाओस्’

बिहीबार विहान काठमाडौं आइपुगेको एमसीसी टोलीले पहिलो भेट निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सुरु गरेको छ । एक समय खुलेर एमसीसीको पक्षमा उभिएका ओलीले यो भेटमा भने पहिला सत्ता पक्षको धारणा आउनु पर्ने आफ्नो धारण एमसीसी टोलीसंग राखेका छन् । आफुहरु सत्तामा रहदा अघि बढाउन एमसीसी अघि बढाउन खोजेपनि तत्कालीन संसदका सभामुखले अवरोध गरेको कुरा पनि ओलीले खुलेर एमसीसी टोलीसमक्ष राखेका थिए ।

अनुदानमा विवाद किन र ? : उपाध्यक्ष फतिमा

यता एमसीसी उपाध्यक्ष फतिमा सुमारले भने ‘एमसीसी’ अनुदानका विषय भएकाले यसमा विवाद हुनु नपर्ने तर्क अघि सारेकी छिन् ।

एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गर्ने कार्यक्रम छ । यसैगरी शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने कार्यक्रम तय भएको छ । यस्तै एमसीसी टोलीले अर्थमन्त्री जनार्दन र उर्जामन्त्री पम्फा भुषालसंग पनि भेट्ने कार्यक्रम छ । तर एमसीसीबारेको धारण सत्तारुढ दलहरुबीच नै फरक फरक छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएको थियो ।

त्यसपछि एमसीसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई निकै चासो र महत्वका साथ हेरिएको छ । देश भित्र भने विरोध चर्को बन्न थालेपछि दलहरु निकै सतर्क र रक्षात्मक बनेको अवस्था देखिएपनि नेपालले यसपटक कुनै न कुनै निर्णय दिनै पर्ने अवस्था छ । स्वीकार्न र पन्छाउन दुबै कठिन रहेको नेपालका लागि एमसीसी विवादको अवतरण कसरी होला त्यसप्रति सबै सचेत छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV