२५ भाद्र २०७८, शुक्रबार

एजेन्सी । विश्वकप छनोट खेलमा चिली कोलम्वियासँग पराजित भएको छ । गएराति भएको खेलमा कोलम्वियाले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्वियालाई जित दिलाउनको लागि मिगुइल बोर्जाले दुई गाले गरे भने लुइस डियाजले एक गोल थपे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए ।

खेलको १९औं मिनेटमा बोर्जाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्वियालाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै बोर्जाले गोल गर्दा कोलम्वियालाई २–० को अग्रता दिलाए ।

५६ औं मिनेटमा मेनेसेसले एक गोल फर्काए । उनले इरिक पुल्गरको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा डियाजले गोल गर्दै कोलम्वियालाई सहज जित दिलाए । उनले रोजर मार्टिनेजको पासमा गोल गरेका थिए ।

यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV