२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । पाकिस्तानी अदालतले पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अभिनेत्री सबामाथि लाहौरको एक ऐतिहासिक मस्जिदमा नृत्य भिडियो शूट गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको हो ।

अभिनेत्री सबा कमर र गायक बिलाल सइद अदालतको सुनुवाईमा उपस्थित नभएका कारण लाहौरको मजिस्ट्रियल अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । साथै अदालतले ६ अक्टोवरसम्मका लागि सुनुवाई पनि स्थगित गरेको छ ।

यस्तो छ घटना

पछिल्लो वर्ष लाहौर पुलिसले अभिनेत्री सबा कमर र गायक बिलाल सइदविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ अनुसार मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध एक नृत्य (डान्स) भिडियो सुट गरेर लाहौरको मस्जिद वजीर खानलाई कथित रुपमा अपवित्र बनाएको आरोप लागेको छ ।

एफआईआर अनुसार सबा र बिलाल दुवैले उक्त मस्जिदमा एक डान्स भिडियो सुट गरेका थिए, सोही विषयलाई लिएर चर्को विवाद भएको थियो । साथै, त्यहाँको पञ्जाव सरकारले मस्जिदको पवित्रता उल्लंघनको आरोप लगाउँदै दुई सिनियर अफिसरलाई पनि बर्खास्त गरेको थियो ।

अभिनेत्री सबा र गायक बिलालले मागेका थिए माफी

विवाद बढ्दै गएपछि अभिनेत्री सबा कमर र गायक बिलाल सइदले माफी पनि मागेका थिए । अभिनेत्री सबाले माफी माग्दै भनेकी थिइन्, ‘यो एक म्यारिज सीन वाला म्युजिक भिडियो थियो । यो भिडियो सुट गर्दा कुनै पनि प्लेब्याक म्युजिकको प्रयोग गरिएको छैन । त्यस्तै यसलाई म्युजिक ट्«याकमा सम्पादन पनि गरिएको छैन ।’

अभनेत्री सबाले बलिउड फिल्ममा पनि काम गरसकेकी छन् । उनी इरफान खानको साथमा ‘हिन्दी मिडियम’ फिल्ममा देखिएकी थिइन् । उक्त फिल्मलाई निकै रुचाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV