२४ भाद्र २०७८, बिहीबार

काठमाडौँ । सत्तारुढ गठबन्धनले अबको केही दिनमा मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिमण्डल विस्तार सम्बन्धि छलफलमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको थियो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँती लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV