२४ भाद्र २०७८, बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतले अवैध सम्पत्ति आर्जनमा परशुराम बस्नेतलाई सफाई दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बधी मुद्दामा नेकपा एमालेको युवा संगठन युवा संघका नेता परशुराम बस्नेतले सफाइ पाएका हुन् ।

सम्पत्ति शुद्धीकरण विभागले करिब ११ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको भन्दै बस्नेतविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो।

यसअघि विशेष अदालतले पनि बस्नेतविरुद्धको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिने फैसला सुनाएको थियो। सर्वोच्चले पनि विशेषको फैसला सदर गरेको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV