२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । भारत – पाकिस्तान सीमा नजिकै राजमार्ग नै हाईवे–रनवे निर्माण गरिएको छ

भारतले पाकिस्तानसंगको सीमा क्षेत्रको राष्ट्रिय राजमार्गमा लडाकु विमान अवतरण गर्न मिल्ने गरी हाईवे–रनवे निर्माण गरेको जनाएको छ।

राजस्थानमा पाकिस्तानसंगको सीमाबाट झन्डै ५० मिटर परको दुरीमा बनेको राष्ट्रिय राजमार्ग–९२५ मा आपत्कालीन रूपमा लडाकु विमान अवतरण गर्न सकिने बीबीसीमा उल्लेख छ ।

आज बिहीवार राजमार्गमा केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह, सडक तथा परिवहन मन्त्री नितिन गडकरी तथा सेनापति बिपिन रावत सवार लडाकु विमान आपत्कालीन अवतरण भएको बताइएको छ ।

भारतमै पहिलो पटक लडाकु विमान अवतरण हुन सक्ने राजमार्ग बनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV