२४ भाद्र २०७८, बिहीबार

नेपालगन्ज । आज महिलाहरुको महानपर्व हरितालिका तीज महादेवको पूजा आराधना गरी बाँकेको विभिन्न ठाउँमा तिजको नाचगान गरि मनाइँदैछ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास अनुसार महिलादिदीवहिनीहरु तिज पर्व मनाउन लागेको हुन ।

विहानैदेखि स्थानीय बागेश्वरी मन्दिर, शिव पार्वती मन्दिर लगायतका स्थानमा पुजापाठ गरि नाचगान गरिएको पाईएको छ । अघिल्लो साल तीज मनाउन नपाएका महिला दिदी बहिनीहरु यस बर्ष भने खुलेर तिज मनाईरहेको बताएका छन् ।

गत सालमा तीजको रौनक थिएन यस बर्ष भने पोहोर भन्दा चहलपहल बढेको स्थानिय पार्वती बुढाले बताउनुभयो । तीज आउनु भन्दा १५ दिन अगाडीदेखि हरेक साँझा दिदीबहिनी मिलेर नाचगान गर्ने रमाईलो गर्ने गरेको उहाँले बताउनुभयो ।

आज बिहानै मन्दिरमा गई पुजापाठ गरि नाचगान गर्ने उहाँले बताउनुभयो ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । ‘तीज’को रौनक यतिबेला टोल बस्तीमा छाएको छ । कोभिड–१९ सङ्क्रमणलाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् । नेपालगञ्जको बजारमा सामान किनमेल गर्नेको चहलपहल उत्तिकै बढेको छ ।

विगतका वर्षमा तीज आउन अगावै छोरीचेली यस पर्वका लागि किनमेलमा व्यस्त हुन्थे । कोरोना महामारीका कारण विगतका वर्ष जस्तो नभएपनि यसपटक किनमेलका लागि एक हप्तायता नेपालगञ्जको बजारमा भीडभाड बढेको देखिन्थ्यो ।

अहिले बाँकेका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरापोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्न आउने दिदीबहिनीको संख्या बढ्न थालेको यहाँका व्यापारी बताउँछन् । उनीहरु सुरक्षा मापदण्डपालना गरेर आउने गरेको र आफूले पनि सोही मापदण्डपालना गरेर सामान बिक्री गर्ने गरेको नेपालगञ्जका व्यापारीहरुले बताउँछन ।

एक हप्ता यता मात्र बजारमा समान किन्न आउनेको चहलपहल बढेको छ ।” विगतका वर्षभन्दा यसवर्ष भने जिल्लामा तीजको दर खाने कार्यक्रममा भने धेरै कमी आएको देखिन्छ ।

परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहेपनि पछिल्ला वर्षमा फरक शैलीमा तीज मनाउने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV