२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहणपछि शर्माले कार्यभार सम्हालेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति शर्मालाई महारथीको दज्र्यनी चिह्न प्रदान गरेकी थिइन् ।

उक्त समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शर्मालाई यही भदौ ११ गते प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४औं प्रधानसेनापतिका रुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV