२४ भाद्र २०७८, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । प्लान्ट क्वारेन्टाइन स्थापना नहुदा मासिक १२ करोड बढी राजस्व संकलन हुने कपिलवस्तुको यशोधरा गाउपालिकास्थित सुठौली भन्सार सुनसान बनेको छ । प्लान्ट क्वारेन्टाइन नहुदा आइतबारबाट कृषिजन्य सामग्री आयात रोकिएपछि चहलपलह हुने सुठौली नाका सुनसान बनेको हो ।

वार्षिक ढेड अर्ब राजस्व संकलन हुने सुठौली नाकामा ९० प्रतिशत बढी राजस्वको हिस्सा कृषिजन्य सामग्रीको आयात हो । क्वारेन्टाइन कार्यालय नहुदा भन्सार कारोबारमा ठूलो प्रभाव परेको भन्सार प्रमुख रमेश खड्काले बताएका छन् ।

स्तरोन्नती भई ठूलो भन्सार भएको ३ वर्ष हुँदा समेत अहिलेसम्म यहा प्लान्ट क्वारेन्टाइन, खाद्य क्वारेन्टाइन, पशु क्वारेन्टाइन, कार्यालय स्थापना हुन सकेको छैन । भन्सार सञ्चालन भएपछि काम चलाउका रुपमा कृष्णनरमा रहेको प्लान्ट क्वारेन्टाइनका कर्मचारीहरुले चेकजाँच गरी कागजात बनाउदै आएका थिए ।

कृषिजन्य बस्तुकोे प्रज्ञापन–पत्र बनाउदा क्वारेन्टाइन प्रतिवेदन अनिवार्य गरिएकाले समस्या आएको छ । क्वारेन्टाइन कार्यालयले प्रतिबेदन अनलाइन सिस्टममा राख्ने गरेको छ । त्यो प्रतिबेदन नआएसम्म भन्सारको प्रज्ञापन पत्र नै भर्न नमिल्ने भएकाले करोवारमा समस्या आएको हो ।

तर, भन्सार विभागले साउन २० गतेदेखि नेपाल नेशनल सिङ्गल विन्डो सिस्टम सञ्चालनमा ल्याएपछि भने भन्सारमा ठूलो समस्या आएको सुठौली भन्सारका प्रमुख रमेश खड्काले बताए ।

कृष्णनगरमा रहेको क्वारेन्टाइनको कार्यालयबाट ईन्ट्री प्वाइन्ट देखाएर भएपनि भन्सारमा कृषिजन्य सामग्री आयात हुदै आएको थियो । ‘कृषिजन्य बस्तुको आयात क्वारेन्टाइन नहुदा रोकिएपछि यो भन्सार छोटी भन्सार जस्तै बनेको छ’, उनले भने ।

मुख्य आम्दानी हुने बस्तु नै भित्र्याउन नपाइएपछि उक्त भन्सार स्थापना गर्नुको औचित्य समेत सकिएको उनले बताए । गत साउन २० गतेदेखि सो सिस्टमा ल्याउदा ३ दिनसम्म भन्सार प्रभावित भएको थियो ।

ब्यापारीहरुको तरकारी, फलफूललगायतका सामग्रीसमेत धेरै सडेर खेर गइरहेको उनको भनाइ छ । पटक–पटक अह्वान गर्दा समेत सम्बन्धित निकायको ध्यान नगएको उनको आरोप छ ।

सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नराखिएकै कारण भन्सार सुनसान भएको ब्यापारीहरु बताउँछन । रुपन्देहीको बेलहीया र कपिलवसतुको कृष्णनगर नाकाको बीचमा पर्ने यो नाका पायक पर्ने भएकाले ब्यापारीहरु यही भन्सारबाट कारोबार गर्ने गरेका छन् ।

क्वारेन्टाइन कार्यालय नहुदा ब्यापारीहरु भने बिस्तारै निरुत्साहित हुदै गएका छन् । त्यस क्षेत्रका ब्यापारी अनुल्लाह मुसलमानले प्लान्ट क्वारेन्टाइन नहुदासम्म यो नाका अब नाम मात्रको बनेको उनले बताए ।

‘मुख्य आम्दानी हुने चिज नै ल्याउन नपाएपछि के का लागि भन्सार कार्यालय ? मन्त्री परिषदले निर्णय गरी क्वारेन्टाइन कार्यालय स्थापना नहुदासम्म यो नाका अब नाम मात्रको रहने छ’, भने भने । यसका लागि ठोस पलह गरी दिन उनले सबैमा अपीलसमेत गरेका छन् ।

भन्सारमा खाद्यान्न, तरकारी फलफूल आयात हुने गरेका छन् । सुठौली भन्सारको मुख्य आम्दानी नै कृषिजन्य सामग्री हो, त्यसैले यहा जति सक्दो चाडो क्वारेन्टाइन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV