२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबार दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV