२४ भाद्र २०७८, बिहीबार

चितवन । हिन्दु नारीहरुको महान चाड हो, हरितालिका तीज । तर कोरोना महामारीले हरितालिका तीजको रौनक नै हराएको छ । तीज आयो भने पछि रमाउदै माइत जाने, दर खाने अनि माइतमा भेट भएका दिदी बहिनी सबै मिलेर तीजका गीतमा नाच्ने गाउने गरिन्थ्यो तर अहिले भने कोरोना महामारीमा त्यो सबै देख्न पाइएनन् ।

चितवनमा तीजको दिनमा दिदी बहिनीहरु भेट हुने शृङ्घारमा सजिएर चोक चोकमा हुने तिज गीत प्रतियोगिता र कार्यक्रम हेर्न निक्लिन्थे । तर यसपाली चोक बजार तिर कुनै कार्यक्रम नभएपछि कुनै रौनक नै नभएको बताउछिन् रत्ननगर वडा नं. ९ बस्ने सरस्वती अधिकारी ।

धादिङबाट चितवन माइतमा आएकि सरु श्रेष्ठलाई पनि अहिलेको तीज त्यति रमाइलो भने लागेको छैन । पहिला माइत आउदा साथिहरु भेटर नाच गान गर्ने र मन्दिरमा पुजा अर्चना गर्ने गरेकोमा अहिले एक्लै हिड्नु पर्दा त्यति खुसी नमिलेको उनको भनाई छ ।

यस पालिको तिजले महिला दिदी बहिनिलाई मात्रै होइन पार्टी प्यालेस सञ्लालकलाई पनि असर पारेको छ । तिजको कार्यक्रमको लागि भ्याइ नभ्याई हुने पार्टी प्लालेसमा अहिले सन्नाटा छाएको छ ।

यहि समयमा ब्यापार गरेर वर्ष दिनलाई खर्च धान्ने सोचमा रहेका ब्यवसायीलाई त झन यसले पीडा दिएको चितवनमा ७ वर्ष देखि हरिहर ब्यन्क्युट सञ्चालन गरिरहेका रबी भद्र घिमिरेले गुनासो पोखे ।

तीजमा नयाँ कपडा र गहना लगाएर हिड्ने चलन भएपनि यसपालि कोरोना महामारीमा बल्ल बल्ल खुलेका ब्यवसायमा त्यति ब्यापार हुन भने नसकेको १२ वर्ष देखि कपडा ब्यवसाय गर्दै आएका बिष्णु प्रसाद भट्टराईले गुनासो गरे ।

चितवनमा तीज आयो भन्ने बित्तिकै के महिला के पुरुष सबैलाई रौनक हुने गथ्र्यो । कोही माइतमा गएर नाच्ने, कोही दर सँगै तीज कार्यक्रममा भाग लिने गर्थे तर कोही नजिकै हुने मला हेर्न जाने गर्थे तर अहिले कोरोना महामारीको कारणले गर्दा सबैलाई तिज खल्लो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV