२४ भाद्र २०७८, बिहीबार

धनुषा । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरिएको छ । पेपर कोर्ष करारका शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।

आन्दोलनरत शिक्षकहरुको मागलाई बेवास्ता गरेपछि बाध्य भएर अनिश्चितकालित तालाबन्दी गर्नुपरेको राजर्षि जनक विश्वविद्यालय पेपर कन्ट्रयाक्ट शिक्षकहरुको भनाई छ ।

स्थापनाकालदेखि पेपर कोर्स कन्ट्रयाकमा काम गरिरहेका उनीहरू करार नियुक्तिको माग गर्दै बिगत एक महिनादेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनरत शिक्षकहरुले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार उपकुलपति भरत झा र रजिष्ट्रार महेन्द्रप्रसाद यादवको कार्यकक्षमा लाता लगाएका छन् ।

यसअघि उनीहरुले साउन २४ देखि २९ गतेसम्म टाउकोमा कालोे फेटा बाँधेर आन्दोलन गरेका थिए भने भदौ ८ गतेदेखि विश्वविद्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेका थिए । शिक्षकहरु आन्दोलनमा उत्रेपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको ।

शिक्षक संघका संयोजक दिलिपकुमार यादव
राजर्षि जनक विश्वविद्यालय पेपर करार शिक्षक संघका संयोजक दिलिपकुमार यादवले आन्दोलन थालेपछि उपकुलपति झा कार्यालयमा नआएको बताउँदै सम्पर्कमा आएर आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरिदिन भनेका छन् ।

यथाशीघ्र माग सम्बोधन नगरे आमरण अनशनसम्मका कडा संघर्ष थालिने संयोजक यादवले बताए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV