२४ भाद्र २०७८, बिहीबार

काठमाडौंं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछिन् ।

(एमसीसी) नेपालमा अनुमोदन गर्ने या नगर्ने विषयमा दलहरुबीच पनि अन्योल रहेका बेला उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण हुन लागेको हो । सरकार (एमसीसी) पारित गर्ने पक्षमा रहेको  भन्दै जनस्तरमा यसको बिरोध भइरहेको छ ।

उपाध्यक्ष सुमारको नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीको बिरोध गर्दै जनस्तरबाट प्रदर्शन भइरहेकाले सुरक्षा व्यवस्था कडा पार्नुपरेको हो ।

बिहीबार बिहानैबाट काठमाडौंका चोक चोकमा सुरक्षाकर्मीहरु बाक्लै परिचालन गरिएको छ । मुख्यगरी काठमाडौंका थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरीको टोली खटिएका छन् । एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्सको टोली अहिले बिहान ९ बजेर १० मिनेटमा काठमाडौं झर्ने कार्यतालिका रहेको छ ।

उनीहरु कतार एयरको विमानबाट काठमाडौं ओर्लिने त्रिभूवन विमानस्थल स्रोतले बताएको छ । उक्त टोलीले नेपालको ४ दिने भ्रमण गर्नेछ । भ्रमण टोलीले नेपालका विभिन्न निकायका प्रमुखहरुसँग एमसीसीका सम्बन्धमा छलफल गर्नेछ । यसअघि नेपाल सरकारले राखेको प्रश्नहरुको उत्तर (एमसीसी)ले पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV