२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले सरकारले एमसीसीलाई पठाएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको बताएका छन् । दुवै पत्रमा नेपाली जनतालाई झुक्याएर एमसीसी संसदबाट पास गराउने षड्यन्त्र मात्रै भएको उनले बताएका छन् ।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षड्यन्त्रकै उपज हुन्।’

त्यस्तैगरी एमसीसीलाई पठाइएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत गरिएका सम्झौतालाई संशोधन गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV