२४ भाद्र २०७८, बिहीबार

एजेन्सी । विश्वकप छनोट खेलमा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा इंग्ल्याण्ड पोल्याण्डसँग १–१ बराबरीमा रोकिएको हो ।

बल पोसेसनमा घरेलु टोलीलाई दवावमा राखे पनि इन्ज्युरी समयमा इंग्ल्यान्ड सम्हालिन सकेन । इन्ज्युरी समयमा डामिएन सिमान्स्कीले गोल गर्दै पोल्यान्डलाई हारबाट जोगाएका थिए ।

७२औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाएका थिए । उनले केल वाल्करको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीको पासमा डामिएन सिमान्स्कीले गोल गरेपछि खेल बराबरीमा टुंगियो ।

यो बराबरीपछि पनि इंग्ल्यान्ड ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पोल्यान्ड ११ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV