२४ भाद्र २०७८, बिहीबार

एजेन्सी । विश्वकप छनोट खेलमा बेल्जियमले बेलारुसमाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले बेलरुसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए ।

बेलारुसविरुद्धको खेलमा फरवार्ड रोमेलु लुकाकु चोटका कारण खेलेका थिएनन् ।

यही समूहको अर्को खेलमा वेल्स घरेलु मैदानमा इस्टोनियासँग गोलरहित बराबरीमा रोकिएको छ ।

यो जितसँगै बेल्जियमले ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५ खेल खेलेको चेक रिपब्लिक ७ अंक जोडेर दोस्रो स्थानमा रहँदा ४ खेलबाट वेल्सले ७ अंक जोडेपनि गोल अन्तरमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV