२४ भाद्र २०७८, बिहीबार

एजेन्सी । विश्वकप छनोट खेलमा स्पेनले कोसोभेमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले कोसोभेलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

स्पनेलाई सहज जित दिलाउनको लागि पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरे । स्पनेले पहिलो हाफमा एक गोल गरेका थियो भने दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ३२औं मिनेटमा पाब्लो फोर्नाल्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।

८८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई सहज जित दिलाए । उनले मिकेल मोरेनोको पासमा गोल गरेका थिए ।

यो जितसँगै समूह ‘बी’ मा स्पेन १३ अंकसहित शीर्षस्थानमा रहेको छ । स्वीडेन ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ग्रीसको ४ खेलबाट ६ अंक छ । समान ५ खेल खेलेको कोसोभोको ४ तथा जर्जियाको १ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV