२४ भाद्र २०७८, बिहीबार

एजेन्सी । विश्वकप छनोट खेलमा युरापेली च्याम्पियन इटालीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इटालीले अथुअनियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीलाई सानदार जित दिलाउनको लागि फरवार्ड मोइस किनले दुई गोल गरे । जियाकोमो रास्पाडोरी र जियोभानी डि लोरेन्जोले समान एक-एक गोल गरे । एक गोल उपहार पाएको थियो । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो

खेलको ११औं मिनेटमा मोइस किनले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै मिनेटमा इडगारास उटकुसले आत्मघाती गोल गरेपछि इटालीले २-० को अग्रता बनायो ।

खेलको २४ औँ मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई ३-० को अग्रता दिलाए ।

मोइस किनले २९औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा गोल गर्दै इटालीलाई ४-० को अग्रता दिलाए । ५४औं मिनेटमा जियोभानी डि लोरेन्जोले फेडरिको बर्नरडेस्चीको पासमा गोल गर्दै इटालीलाई ५-० को सानदार जित दिलाए ।

यो जितसँगै इटालीले समूह ‘सी’ मा ६ खेलबाट १४ अंक जोडेर आफ्नो शीर्षतालाई यथावत राखेको छ ।लिथुआनियाले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV