२३ भाद्र २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । मोरङको बेलबारी नगरपालिकाबाट आगूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलबारीका सन्तोस राई, ज्ञानु राज राई र धनकुटा शहीदभूमि गाँउपालिकाका महोश्वर राई रहेको मोरङ प्रहरीले जनाएको छ ।

अबैध गाँजा बिक्री वितरण गर्ने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सन्तोष राईको कोठाबाट ४ केजी ६ सय ५० ग्राम र ज्ञानुराज राईको घरबाट १५ केजी गरी जम्मा १९ केजी ६ सय ५० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि अवैध लागूऔषध कासुरमा जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV