२३ भाद्र २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण पुष्ट भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ जना र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १३७, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा ९, उदयपुरमा ४, पाँचथरमा ३, भोजपुरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५८, लेटाङमा २९, बेलबारीमा २५, सुन्दरहरैचामा ७, धनपालथानमा ६, पथरीशनिश्चरेमा ४, बुढीगंगामा ३, कटहरीमा २, मिक्लाजुङ, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ५५, धरानमा ९, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवी, बर्जु र इनरुवामा १–१ जनामा कोरोना देखिएको हो ।

झापाको दमक र विर्तामोडमा १३–१३, मेचीनगरमा ११, भद्रपुरमा ७, शिवसताक्षीमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र गौरादहमा ३–३, बाह्रदशीमा २, बुद्धशान्ति र गौरीगञ्जमा १–१ जनामा कोरोना देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ९, साँघुरीगढीमा १, इलामको चुलाचुली र सुर्योदयमा ३–३, इलाम नगरपालिकामा २, देउमाईमा १, उदयपुरको चौदण्डीगढी, त्रियुगा, उदयपुरगढी र कटारीमा १–१, पाँचथरको फिदिम, हिलिहाङ, याङवरकमा १–१ जनामा कोरोना देखिएको छ ।

भोजपुरको भोजपुर नगरपालिका र साल्पासिलिछोमा १–१, र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV