२३ भाद्र २०७८, बुधबार

एजेन्सी । इङ्गल्यान्डमा रेलमार्गमा कार चलाएका एक व्यक्तिलाई १५ महिना जेल सजाय तोकिएको छ।

आरोन ओुहालोरनले रेलमार्गमा कार चलाउदा रेल सेवा आठ घण्टा ढिलो भएको जनाइएको छ। उनले मे ९ मा बर्मिङ्घममा दुई रेल स्टेशनबीचको ८०० मिटर रेलमार्गमा कार चलाएको सीसीटीभीमा रेकर्ड भएको बीबीसीमा उल्लेख छ ।

ती ३२ वर्षीया ब्रिटिश नागरिकका ुमूर्खतापूर्ण कार्यकाु २३ हजार पाउन्डभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

उकता कार्याको कारण उनले दुई वर्षसम्म सवारी चलाउन नपाइने भएको छ । एक अदालतको जुरीले उनलालाई खतरानाक कार्य, बिमाबिना गाडी चलाएको र रेल यात्रुको जीवन जोखिममा पारेको कसुरमा दोषी ठहर गरेको जनाइएको छ ।

उनले कालो मित्सुविसी गाडी चलाएका थिए । तर अदालतमा भएको सुनुवाईका क्रममा आफूले गाडी नचलाएको उनले बताएका थिए।

गाडी रेलमार्गमै तेर्सो छोडेर भागेका उनले मोबाइल फोन छोडेका थिए । जसको कारण उनलाई पहिचान गरेर पक्रन सजिलो भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV