२३ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा एमालेका दुई सांसद सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बुधबार प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुले समयमै नेकपा (एस)लाई रोजे पनि निर्वाचन आयोगले हस्ताक्षर सनाखत नगरिदिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

हालसम्म एमालेका सांसद रहेका उनीहरुले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म एमालेले आफुहरुलाई कारबाही गर्न सक्ने भन्दै कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।

नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न निर्वाचन आयोगले बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए ।

रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV