२३ भाद्र २०७८, बुधबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले कारबाही गरेका पठाएका १४ सांसदबारे बोलेका छन् ।

बुधबार संसद भवनमा एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सूचना किन ननिकालेको भन्दै प्रश्न तेर्साएर जवाफ मागेपछि उनले संविधानका धारा १०५ अनुसार निर्णय लिएको बताए ।

एमालेका तर्फबाट संसदमा प्रमुख सचेतक विशाल भट्टराईले एमाले फुटोस् भन्ने मनसायले सभामुखले निर्णय लिन ढिलाइ गरेको र एमाले फुटाउन सभामुख अग्रसर भएको आरोप लगाएका थिए ।

त्यसपछि उनको जवाफमा सभामुख सापकोटाले प्रचलित कानूनको प्रावधानका आधारमा रही निर्णय लिएको बताए । उनले भने, ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा जानकारी गराउन चाहन्छु ।’

संसद बैठकमा सभामुखको विरोध गर्न नपाइने भन्ने व्यवस्थाबारे पनि सभामुख सापकोटाले एमालेका सांसदहरुलाई स्मरण गराएका थिए । तर, एमाले सांसदहरु भने सभामुखकै रोष्टम घेरेर बैठक अवरुद्ध पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV