२३ भाद्र २०७८, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका बाबजुत प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश भएको छ ।

बुधबार (आज) बसेको प्रतिनिधिसभाको तेश्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुत सभामुख अग्नी सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्न समय दिएका थए ।

लगत्तै गृहमन्त्री खाँणले उक्त अध्यादेश बैठकमा टेबल गरेका थिए । सभामुखले कार्यसूची अघि बढाउदा एमाले सांसदहरु नारावाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।

अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले अर्काे बैठक भाद्र २५ गते बस्ने गरि स्थगित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV