२३ भाद्र २०७८, बुधबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७६७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५९ हजार ५३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१६१ जना कोरोनामुक्त भए, १० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १६१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ४५५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख ९० हजार ३२४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV