२३ भाद्र २०७८, बुधबार

काठमाडौं । सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी भएका छन् ।

आज ४ बजे बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा कुराकानी भइरहेको बताइएको छ । अहिले ताँतिरहेको एमसीसी सन्दर्भम पनि कुराकानी भइरहेको बताइएको छ ।

बैठकमा सरकारका मन्त्रीहरु र मुख्यसचिव शंकरदास बैरागीको पनि सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV