२३ भाद्र २०७८, बुधबार

काठमाडौं । विश्वभर नै सजिलो माध्यम बनेको अनलाइन सपिङ अहिले नेपालमा पनि ‘युजटु’ बन्दै गईरहेको छ । पछिल्लो पुस्ताको व्यस्त जीवनशैली, ग्याजेटहरुको उच्चतम् प्रयोगजस्ता कुराहरुले पनि नेपालमा पछिल्लो समय अनलाइन बजार फष्टाएको पाइन्छ ।

विकसित देशहरुमा पहिलादेखि नै प्रचलनमा आएको अनलाइन सपिङले नेपालमा पनि अब बृहत सम्भावना देखाएका छ । त्यस्तै, सम्भावनाको बिचमा उभिएको अनलाईन कम्पनी हो – सस्तोडिल डटकम । सन् २०११ देखि सञ्चालनमा आएको सस्तोडिल डटकमले इलोक्ट्रोनिक्स् सामग्रीहरुको अनलाइनमार्फत विक्री गर्दै आएको छ ।

अनलाइन सपिङको भुक्तानीका लागि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको प्रयोगले धेरै सहजता प्रदान गरेको छ । विगतका लकडाउनका कारण नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ र मोबाइल बैंकिङको प्रयोगलाई प्रोत्साहन दिन यस्ता सेवामा कुनै पनि प्रकारको शुल्क नलाग्ने नीतिगत व्यवस्था गरेको छ भने बैंक वित्तीय संस्थाहरुले यस्तो सेवाप्रवाहमा विशेष ध्यान दिएर ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

अहिले यही भदौ २० गतेबाट सस्तो डिलले क्याम्पियनको पनि सञ्चालन गरिरहेको छ । क्न्जुमर र हाउसहोल्डमा प्रयोग हुने इलोक्ट्रोनिक्स् प्रडक्टको क्याम्यिन भइरहेको क्याटागोरी हेड इलोक्ट्रोनिक्स् चाहतमान सिंह बस्नेतले बताउनु भयो । सेक्लेक्टेड आइटमहरुको ७० प्रतिशतसमेत डिस्काउन्टको साथसाथै ई–सेवामार्फत १५ सयसम्मको क्यास ब्याकआफर समेत दिएको छ ।

बेलाबखत विभिन्न कम्पनीले थरीथरीका क्याम्पियन ल्याइरहेको परिप्रेक्ष्यमा सस्तो डिललाई हेर्ने हो भने कम्पनीले उपभोक्ताको रोजाइ, बजेटको विषयमा अनुसन्धान गर्ने एक मौका समेत हो, बस्नेतले भन्नुभयो, ‘यस्ले कम्पनीको ब्राण्डिङ हुन्छ ।’

कोरोना महामारी जस्ता महामारीकाकारण पनि नेपालीहरुले बाध्य भएर अनलाइन सपिङ रोजिरहेको भएपनि नेपालमा अनलाइन व्यापार चुनौती नै रहेको कम्पनीका सल्लाहकार रिकेन श्रेष्ठले जानकारी दिनुभयो ।

सस्तो डिल लोकल कम्पनी हो । यसको जेनुयन प्रडक्टहरुको प्रयोग गर्नुको साथ साथै वारेन्टीग्यारेन्टीलाई मूख्य प्राथमिकता दिएको श्रेष्ठले बताउनु भयो । हाम्रो मान्यता भनेको नै उपभोक्ताको मुखमा हाम्रो कम्पनीको नाम झुण्ड्याउनु हो । जब हामीले उहाँहरुको मन जित्छौँ तब उपभोक्ताको रोजाइमा हामी पर्न सफल हुन्छौँ नै । त्यस्को साथ साथै कम्पनीले फ्रि डेलिभरीको समेत व्यवस्था गरेको छ । अन्य अनलाइन कम्पनीभन्दा फरक छ धेरै अर्थमा ।

अनलाइनमा देखाइएको जस्तो सामग्री हुन्न भन्ने पक्षमा सस्तो डिल छदै छैन । श्रेष्ठले भने कहिलेकाँही सेलरका कारण कस्टुमरमा देखाइएको जस्तो सामग्री नहुँने समस्या भएपनि सस्तो डिलमा त्यस्तो समस्या नभएको बताउनु भयो । सस्तो डिलले फ्रि डेलिबरी र डिस्काउन्ट गर्ने गरेको छ ।

अहिलेको अवस्थामा यो क्याम्पियन गर्नुको कारण चाडवाडलाई फोकस गरेर मार्केट वाचको लागि गरिएको हो । अहिलेको केही अफरिङ गर्दा कन्जुमरहरुको सहभागिता कस्तो हुन्छ भन्ने बुझ्नको लागियो क्याम्पियन गरिएको हो

क्याम्पियन २ दिनमात्र बाँकी रहँदा हालसम्म सस्तो डिल आफ्नो उद्देश्यको ८० प्रतिशत सफल रहेको बताउछन् ।

तस्वीरः महेश्वर के.सी.

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV