२३ भाद्र २०७८, बुधबार

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । अभिनेत्री ऋचाले आज (बुधबार) विहान पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । पारिवारिक श्रोतका अनुसार ऋचा आज विहान मात्र अस्पताल भर्ना भएकी थिइन् ।

आमा र छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अभिनेत्री ऋचाले करिब ढेड वर्ष अगाडि दीपेक्षा विक्रम राणासँग विवाह गरेकी थिइन् । गर्भवती भएपछि पनि अभनेत्री ऋचाले ‘कमेडी च्याम्पियन-२’को निर्णायकको भूमिका निभाइरहेकी थिइन् ।

उनले यो साताबाट मात्रै निर्णायकमा नरहने निर्णय गरेकी थिइन् । उनले लुट, उमालगायतका दर्जनौं सुपरहिट फिल्ममा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV