२३ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना (एमसीसी) आफूहरुले नगरेको र यसमा धेरै अग्रसर हुनुपर्ने खाँचो नरहेको बताएका छन् ।

प्रतिनिधिसभा संसद बैठअघि नेकपा एमाले संसदीय दलको बैठकमा आफूनिकट सांसदहरुसँग एमसीसी सम्झौता आफूहरुले नगरेको र यस विषयमा धेरै अग्रसर नहुन भने ।

उनले बैठकमा भने, ‘यो सन्धि हामीले गरेको पनि होइन । र यो अभिभारा अहिले हाम्रो काँधमा पनि आएको छैन । संसदमा एमसीसीको प्रस्ताव आएको खण्डमा त्यतिबेला गम्भिरतापूर्वक विचार र निर्णय गरौँला तर अहिले यसमा धेरै अग्रसर नहोऔँ ।’

उनले एमसीसी सम्झौता अध्ययन गरेपछि मात्रै पार्टी निर्णयमा पुग्ने पनि बताएका छन् । उनले बैठकमा एमसीसीको छलफलबारे दलहरुलाई नै जिम्मा लगाउनुपर्ने बताए ।

यसअघि अध्यक्ष ओलीले एमसीसी पास गर्नुपर्ने जिम्मा आफूहरको नभएको पनि बताएका थिए । उनले भनेका थिए, ‘एमसीसीबारे अरु दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV