२३ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाल)ले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुको प्रतिकृया लिँदै एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमसीसी राम्रोसँग अध्ययन गरेर मात्रै धरणा बनाउने बताएका हुन् ।

सांसदहरुले अध्यक्ष ओलीसामु एमसीसीबारे धारणा मागेपछि उनले यसबारे बुद्धिजिवी र दलहरुको बिचार सुनेपछि मात्रै धारणा बनाउने बताएका थिए ।

बैठकमा अध्यक्ष ओलीलाई एमाले सांसदहरुले भने जनतको तहबाट एमसीसीको बिरोध भइरहेकोले जनताको चाहनाबिपरित नजान सुझाव दिएका थिए ।

सोक्रममा अध्यक्ष ओलीले जनताको धारणा र देशको हित विपरित जनाने प्रतिकृया दिएका थिए । यदी सरकारको एमसीसीबारे प्रस्ताव आए पार्टीले गहन र गम्भीर रुपमा अध्ययन र बहस गरेर मात्रै धारणा सार्वजनिक गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV