२३ भाद्र २०७८, बुधबार

काठमाडौं । गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ ।

उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ ।

सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो ।

गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV