२३ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भए चल्न नदिने बताएका छन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता ओलीले  नेपालसहित १४ जना बैठकमा उपस्थित भए बैठक चल्न नदिने बताएका हुन् ।

आज ४ बजे सभामुख अग्नि सापकोटाले संसद बैठक बोलाएका छन् । त्यसअघि एमालेको संसदीय दलको बैठक बसेको छ । बैठकमा अध्यक्ष ओली अघि बोलेका सांसद महेश बस्नेतले सभामुख सापकोटालाई महाभियोग लगाउनुपर्ने प्रस्ताव अघि सारेका थिए । उनीसँगै पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि महेश बस्नेतकै लाइन समातेर सभामुखको नैतिक जिम्मेवारी चुकेको र यसमा हेर्नुपर्ने बताए ।

त्यसपछि बोलेको अध्यक्ष ओलीले आज संसदमा सभामुखले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काउछन् कि फर्काउँदैनन् त्यो हेर्ने बताए । अध्यक्ष अ‍ोलीले यदि, १४ सांसदहरु संसद भवनको गेटबाट छिरेर बैठकमा उपस्थित भए बैठक अघि नबढ्ने बताए ।

उनले सक्छ, ‘यदि गैर सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं । नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’

प्रतिक्रिया दिनुहोस्

LIVE TV