२३ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले)का नेता एवं संघीय सांसद महेश बस्नेतले सभामुख अग्नि सापकोटालाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

बुधबार एमाले संसदीय दलको बैठकमा धारणा राख्ने क्रममा दलको कार्यकर्ता बन्ने सभामुख सापकोटालाई महाभियोग लगाएर पदबाट बहिर्गमन गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘सभामुखको भूमिका संवैधानिक दायित्व पूरा गर्नुपर्नेतर्फ हुनुपर्ने थियो, तर त्यो देखिएन । अभिभावकको भूमिका नगरेर निश्चित दलको कार्यकर्ता बने। संसद् अवरुद्व गर्ने भन्दा पनि उचित जवाफ खोज्नुपर्छ। महाअभियोगसम्म हामी जानुपर्छ।’

साथै, सत्ता गठबन्धन एमाले सिध्याउन लागिपरेपनि सम्झिने पानी छम्किने भएको पनि बताए । साथै, संसद्को स्थगन गरेर एमाले मास्ने योजनाका साथ अघि बढिएको आरोप पनि उनले लगाए ।

उनले भने, ‘एमालेलाई मास्ने अभियानमा देउवालाई यसम्यान बनाएर प्रचण्ड र नेपालले काम गरे ।मास्न त सकेनन्। सम्झिने पानी छम्किने जस्तै भयो।’

एमसीसीका सम्बन्धमा नेकपा एमालेको साझा धारणा बनाउनुपर्ने र असहमतिका विषयलाई प्रष्ट पारेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV