२३ भाद्र २०७८, बुधबार

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्ने बताएका छन् ।

बुधबार बुटवलमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा एमसीसी लागू हुनुपर्ने धारणा राख्दै सुरुमा एमसीसी संसद टेबल हुनुपर्ने र त्यसपछि पार्टीले राष्ट्रको हितअनुकूल निर्णय गर्ने उनले बताए ।

उनले भने, ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं । बरु सरकार नै यसबारेमा रंगिबिरंगी भएर समस्या उत्पन्न भएको छ ।’

साथै, एमाले र दलहरुबीच एमसीसीबारे एकमत नहुनुमा समस्या भएको उनको भनाइ थियो । एमाले उपाध्यक्ष भीम रावल एमसीसी नेपालमा आए भारसँग गरिएको सन्धिझैँ नेपालीले भूभाग गुमाउनुपर्ने दिन आउने बताउँदै आएका छन् ।

त्यसपछि एमाले विभाजन सन्दर्भमा उनले एमाले विभाजन नभएको बताएका छन् । उनका अनुसार माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै हो ।

उनले भने, ‘यो गम्भीर अपराध हो, यसलाई इतिहासले माफ गर्दैन,’ पौडेलले भने, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।’

यसैगरी आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पनि पौडेलले दावी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV