२३ भाद्र २०७८, बुधबार

काठमाडौं । पार्टी परित्याग गरेर हिड्नुभएका वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित हुनुभएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित हुनुभएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीमा माया ज्ञावली पनि बैठकम उपस्थित हुनुभएको छ ।

आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो, बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV