२३ भाद्र २०७८, बुधबार

डोल्पा । पालिका अध्यक्षको जिम्मेवारी गाउँठाउँको विकास मात्र नभइ पालिकावासीको हरेक अधिकार, सुरक्षा र भोक एवं रोगसंग पनि जोडिएको हुन्छ ।

यो स्थापित सर्वमान्य प्रचलन धेरै पालिकामा लागू भएका पनि छ । तर डोेल्पाको छार्का ताङसोङ गाउँपालिका कागकोटको कथा भने फरक छ । यस गाउँपालिकाको अध्यक्षको चर्तिकला देखेर पालिकावासी अचम्मित मात्र छैनन् ।

सुरक्षा र न्यायको खोजीमा सदरमुकामतिर भौतारिन बाध्य छन् । अध्यक्ष सेनान गुरुङको ताण्डव र अत्याचारले सीमा नाघ्दा त्यस्को शिकार गर्भवती महिलाहरु समेत बन्न थालेका छन् । आफु र आफ्नो परिवारसंग विवाद गर्न खोज्नेहरु महिला नै किन नहुन घर भित्र नै बसेर चुुटिन्छन उनीहरु ।

सुरक्षा दिने प्रहरी प्रशासन पनि निरीह बन्दा अध्यक्षको ज्यादतीले पराकाष्ठा नाघेको छ । तर यस बिषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीले भने गम्भीर बनेर अनुसन्धान थालेका छन् ।

गुम्बा पूजामा सामान्य विवाद,अध्यक्षले भने अपमान ठाने

डोल्पाको छार्का ताङसोङ गाउँपालिका कागकोटका अध्यक्ष सेनाङ गुरूङले गाउँपालिकाकै कार्यपालिका महिला सदस्य र गर्भवती महिलामाथि प्राणघातक आक्रमण गरेका छन् ।

स्थानीय गुम्बामा आयोजित पूजामा भएको सामान्य विवादपछि अध्यक्ष गुरुङ र उनका भाईभारदार एवं छोराछोरीहरुले गाउँमा ताण्डव नै मच्चाएका छन् ।

गाउँपालिका अध्यक्ष गुरूङको योजनामा उनका सहोदर दाई सोही गाउँपालिका अन्तर्गत वडा नं। ४ का वडाअध्यक्ष समेत रहेको छेवाङ गुरूङ, उनकी छोरी लाटो गुरूङ, अध्यक्ष सेनाङ गुरूङको पत्नी सेराप गुरूङ र छोरी सीता गुरूङलगायत १४ जनाको समूहले गत भदौ १८ गते ताण्डव नै पेश गरेका हुन् ।

कागकोट गाउंँको गुम्बामा वार्षीक पूजामा को पहिला पुग्ने भन्ने विषयमा विवाद भएको थियो । विवादलाई आफुहरुको मानमर्दन ठानेका अध्यक्ष गुरुङ पक्षले घरमा पसेर र सडकमा नै महिलाहरु माथि आक्रमण गरेको थियो ।

कार्यपालिका महिला सदस्यमाथि पनि कुटपीट

अध्यक्ष गुरुङको टोलीले टासी दुन्डुप लगायत स्थानीयको घरमा ढुंगा प्रहार गरी तोड़फोड़ समेत गरेको थियो ।

यस्तै भदौ १९ गते पीडित पक्षका छोराहरू कागकोट गाउँ वडा प्रहरी चौकीमा उजुरी दिन जाँदा घरमा महिलाहरू मात्र रहेको मौका छोपी कुटपीट गरेको थियो ।

कुटपीटबाट छार्काताङसोङ गाउँपालिका वडा नं। ४ कागकोट गाउँ कार्यपालिकाकी महिला सदस्य श्रीमती पेमा छोईजोम गुरूङको टाउको र निधारमा गम्भीर चोट लागेको छ ।

कुटपीट गर्ने पक्षले रूमालमा बेरेर लुकाएर ल्याएको धारिलो हतियार र अन्दाधुन्द ढुंगा प्रहार गरि आक्रमण गरेको थियो ।

यस्तै गर्भवती महिला श्रीमती लाज्याम रोकयालाई उनकै घरमै गएर निर्घात कुटपिट गरेका गरेको पनि पीडित पक्षको आरोप छ ।

(भिडियो)

LIVE TV